दाङबाट कोमल वली छानिइन् एमाले महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वली नेकपा एमालेको १० औं महाधिवेशनको प्रतिनिधि चयन भएकी छिन् । 

उनी दाङबाट एमाले महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन् ।

दाङ क्षेत्र नम्बर ३ बाट वलीसहित अन्य १२ जना एमालेको महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।

दाङबाट एमाले १० औं महाधिवेशनका प्रतिनिधि सबै सर्वसम्मत चयन भएका हुन् । दाङबाट २५ जना प्रतिनिधि चयन भएका छन् ।

प्रतिनिधिमा चयन भएकी काेमल वलीले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । 'म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु,' वलीले फरकधारसँग भनिन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार २२:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया