प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्छः प्रधानमन्त्री  देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरव भित्र लुकेर बसेका सम्पदाहरूको खोजि तथा प्रकाशन आजको आवश्यकता भएको बताएका छन् । 

आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । 

उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरुको संरक्षण, सर्वद्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास समेत व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले नेपालका खोलानाला, जातजाति, भाषाभाषी, भेषभुषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए । 

‘यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरु छन्, प्रत्येक जाती र संस्कृतिसँग जोडिएका अनगिन्ती प्राज्ञिक कुराहरु छन्, नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका कयौँ सम्पदाहरू छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो,’ प्रधानमन्त्री देउवाले भने । 

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने बताए । उनले देश भौतिकरुपमा जति नै सम्पन्न भएपनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने धारणा उनले राखेका थिए । 



प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरुमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको बताए ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १२:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया