बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान- सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेकाे हाे । 

पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको नाम नखुलेको प्रहरीको भनाइ छ । 

लहानका हरि चौधरीले मेरो बर्थ डे हो, बर्थ डे पार्टीमा आउनुपर्यो भनी बोलाएको र उनको घर पुगेका बेला आफूहरूमाथि सामूहिक बलात्कार भएको पीडित युवतीले बयान दिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७५ साेमबार ११:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया