आइतबार बूढानीलकण्ठमा भएको कांग्रेस केन्द्रीय कमिटी बैठकमा कांग्रेसमा पदाधिकारी थप्ने विषयमा पनि चर्चा चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले पदाधिकारीको संख्या थप्न तयार भए पनि रामचन्द्र पौडेलले नमान्ने बताए ।
एक केन्द्रीय सदस्यले कांग्रेस पदाधिकारीमा सहमहामन्त्री थप्नु पर्ने बताएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।
कांग्रेस सहमहामन्त्रीमा क्लस्टरबाट मात्र भएको भन्दै खुला सहमहामन्त्री पनि थपिनु पर्ने माग आएपछि आफू पाँच जनासम्म सहमहामन्त्री थप्न तयार भएको देउवाले बताएका हुन् ।
‘रामचन्द्रले मान्दैन, के गर्ने,’ देउवाले भने, ‘रामचन्द्रले मान्दैन, मेरो त यसमा सहमति छ । म त सहमति भए ५ वटा पनि थप्न तयार छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।