कांग्रेस बैठक : प्रधानन्यायाधीशबारे बोल्नै दिएनन् देउवाले

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी केन्द्रीय पदाधिकारी तथा सदस्यलाई सभापति शेरबहादुर देउवाले महाधिवेशनबाहेक अन्य विषयमा नबोल्न निर्देशन दिएका छन् । 

बैठकमा केही नेताहरुले न्यायालय विवादमा पार्टीले प्रस्ट धारणा राख्नुपर्ने बताए पनि देउवाले रुलिङ गरे– ‘महाधिवेशनबाहेक विषयमा अहिले नबोल्नुस् ।’ 

सभापति देउवाकै निर्देशनका कारण आइतबारको बैठकले न्यायालय विवादका विषयमा बैठकले कुनै पनि धारणा बनाउन सकेन । आमसर्वसाधारण र अन्य दलले पनि सत्ताको नेतृत्व गरेको कांग्रेसको धारण मागिरहेको भन्दै नेताहरुले कुरा उठाउँदा देउवाले ‘हुँदैन, हुँदैन’ भन्दै केही बोल्न दिएनन् । 

यसअघि शनिबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले न्यायालयमा उत्पन्न विवादले समग्र न्यायिक प्रक्रिया नै अवरुद्ध भएको र भन्दै पार्टी र सरकारले समाधानको बाटो खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । 

त्यसभन्दाअघि कांग्रेसका १२ युवा नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पार्टीलाई न्यायालय शुद्धीकरणको पक्षमा उभिन आग्रह गरेका थिए । उनीहरुको भनाइ थियो,  ‘लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो ।’ 


तर, सबैले प्रतीक्षा गरेभन्दा विपरीत कांग्रेस बैठकले सो विषयलाई बैठकको एजेन्डा नै बनाएन । सत्ताको नेतृत्वकर्ता पार्टीले मुलुकको जल्दोबल्दो परिस्थितिलाई नजरअन्दाज गरेको भन्दैआलोचना भइरहेको छ । 






  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २२:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया