रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
फरकधार / २९ कात्तिक, २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । 



मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ पकलेका ४८ वर्षीय चन्द्र प्रसाद अर्याल रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । 

हिजो बेलुकी पौने ८ बजे रोकिराखेको लु २ त ९७ ९९ नम्बरको ट्याक्टरमा, लु ३३ प ७६ १५ नम्बरको मोटरसाइकल ठोकिन पुगेको थियो । दुबै सवारी साधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १०:३५:४२,   अन्तिम अपडेट : कात्तिक २९, २०७८ साेमबार १०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया