आउँदो संस्करणको विश्वकप अर्को वर्ष कतारमा आयोजना हुँदैछ । जसमा आयोजक कतारसहित कुल ३२ टोलीको सहभागी रहनेछ । हाल सबै महादेशमा छनोट जारी छ ।
कतार विश्वकपमा सबैभन्दा बढी युरोपबाट १३ टोली सहभागी हुनेछन् भने अफ्रिकाबाट पाँच टोलीले खेल्नेछन् ।
एसियाबाट चार टोलीको सहभागिता निश्चित छ । यो संख्या पाँच पनि पुग्न सक्छ किनभने एक एसियाली टोलीले प्लेअफ खेल्ने मौका पाउनेछ ।
यसैगरी कोनकाकाफ (उत्तर अमेरिका, सेन्ट्रल अमेरिका र क्यारबेयिन) क्षेत्रबाट अधिकतम चार टोली विश्वकपमा सहभागी हुनेछन् ।
यस्तै दक्षिण अमेरिकाबाट चार टोलीको स्थान पक्का छ भने थप यो क्षेत्रबाट थप एक टोलीले प्ले अफ मार्फत विश्वकपका लागि स्थान बनाउन सक्छ ।
हालसम्म नौ टिमले विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । कतार आयोजकका हैसियतले सिधै छनोट हुँदा युरोपबाट सात तथा दक्षिण अमेरिकीबाट एक टोलीले टोलीले विश्वकप खेल्ने पक्का भएको छ ।
विश्वकपमा छनोट भइसकेका टोली :
आयोजक- कतार
युरोपियन छनोटबाट
सर्बिया, समूह ‘ए’ विजेता
स्पेन, समूह ‘बी’ विजेता
फ्रान्स, समूह ‘डी’ विजेता
बेल्जियम, समूह ‘ई’ विजेता
डेनमार्क, समूह ‘एफ’ विजेता
जर्मनी, समूह ‘जे’ विजेता
क्रोएसिया, समूह ‘एच’ विजेता
दक्षिण अमेरिकी छनोटबाट ब्राजिल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।