राष्ट्र बैंकका गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन

सार्क राष्ट्रका गभर्नरहरुको समूह सार्क फाइनान्सको अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चयन भएका छन्। सोमबार सम्पन्न ४२औँ  बैठकले आगामी एक वर्षका लागि गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।

मंगलबार (नोभेम्बर १६) देखि लागू हुनेगरी गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन भएको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्व बैंक, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको भर्चुअल बैठकबाट उनलाई अध्यक्षमा चयन गरिएको हो । 
 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार २०:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया