पर्यटनमन्त्रीको ठाडो आदेशमा १५ करोड रुपैयाँको ठेक्का रद्द

ठेकेदारकै मिलेमतोमा टेन्डर आह्वान भएको पाइएपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र)  रद्ध गराएका छन् । पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि आह्वान गरिएको सो टेन्डर मन्त्री आलेले सोमबार ठाडो आदेशमा बन्द गराएका हुन् । 

पर्यटन विभागले बढीमालिका, मनास्लु र धौलागिरि क्षेत्रमा पर्ने ग्रेट हिमालयन ट्रेलअन्तर्गत रहेका पदमार्ग निर्माणका लागि कात्तिक ११ गते सूचना निकालेको थियो । एक दैनिक पत्रिकामा ५–५ करोडका दरले १५ करोड रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको थियो । 

केही निर्माण व्यवसायीको मात्रै योग्यता पुर्यार्उने गरी सूचना निकालेको भन्दै उजुरी परेको थियो । उक्त सूचनाले सबै समूहका निर्माण व्यवसायीलाई प्रतिस्पर्धा गर्ने बाटो रोकेको उजुरीकर्ताको आरोप छ । 

बोलपत्रमा कुनै निश्चित कम्पनीको योग्यता मात्रै मिल्ने गरी पदमार्गमा ३ करोड ६० लाख रुपैयाँको ठेक्का लिएको, १ हजार १ सय ८ घनमिटर ढुंगा छिनालेर काटेको जस्ता सर्त राखिएका थिए ।

मन्त्री आलेले सोमबार पर्यटन सचिव यादव कोइराला, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र टेन्डर डकुमेन्ट निकाल्ने विभागका इन्जिनियर सचिन्द्र यावदलाई बोलाई सूचनामा त्रुटि रहेकाले रद्द गर्न निर्देशन दिएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार २०:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया