विद्युतको प्रयोग बढाउन प्रधानमन्त्रीको आह्वान, भने– हामीले किन ग्याँसको चुल्हो बाल्ने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । 

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्। 

‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टीभ दिन तयार छौँ।’ 

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिएका थिए । उनले ऊर्जा उत्पादकहरूले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे । 

‘अघि हाम्रो मन्त्रीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन् । त्यो पनि भएन नि । काम पनि गर्नुपर्‍यो । तपाईहरूलाई हामी सारा सहुलियत दिन तयार छौँ । तपाईहरु ब्याट्रीमा जानुस् । नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ,’ उनले भने । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १३:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया