मुख्यमन्त्रीको राजीनामा माग गर्दै वीरगन्जमा प्रदर्शन

विभिन्न हिन्दुवादी संगठनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै मंगलबार वीरगन्जमा सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका छन् । छठ पर्वको दिन धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ–संस्थाले विरोध जनाएका हुन् । 

हिन्दु समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाललगायतका संघ–संस्थाले वीरगन्जको लालबंगलाबाट विरोध र्याली निकालेका हुन् । र्यालीमा सहभागीले मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने, हिन्दुमाथि आक्रमण गर्ने मुस्लिमलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेलगायत माग राखेका छन् । 

कोणसभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नै हिन्दुमाथि आक्रमण गराएको आरोप लगाउँदै उनको राजिनामाको माग गरेका हुन् । राउत मुख्यमन्त्री भएदेखि नै हिन्दुहरुको हरेक चाडपर्वमा आक्रमण हुँदै आएको उनले आरोप लगाए । 

विरोध जुलुस वीरगन्जको घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैया हुँदै महानगरपरिक्रममापश्चात पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको हिन्दु युवा संघ नेपालका अध्यक्ष राजेश सिंहले जानकारी दिए । 

विरोध सभामा हिन्दु परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलसहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १८:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया