रुसले उडाएको जासुसी उपग्रह, अमेरिकाले भन्यो– जवाफ मिल्नेछ

अमेरिकाले एक खतरनाक तथा गैर जिम्मेवार मिसाइल परीक्षणका लागि रुसको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्ष यात्रीको जीवन खतरामा परेको बताएको छ ।

यो परीक्षणमा रुसले आफ्नै एक उपग्रहमाथि निशाना बनाएको थियो । यो उपग्रह विस्फोट हुँदा अन्तरिक्षमा फोहोर थुप्रिएको बताइएको छ ।

अन्तरिक्ष स्टेसनमा यति बेला सात अन्तरिक्ष यात्री रहेका छन् । यीमध्ये चार अमेरिकी, एक जर्मन र दुई रुसी नागरिक हुन् ।

रुसको यो कदमपछि अमेरिकाले यसको जवाफ मिल्ने बताएको छ । रुसको यो कामका कारण सबै देशलाई खतरा भएको पनि अमेरिकाले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार २३:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया