नेपाली बजारमा आज(बुधबार) सुनकाे मूल्य घटेकाे छ ।
प्रति ताेलामा ५०० रुपैयाँले घटी ९४ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार ९४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे।
तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार २८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।