न्यायालयको विवाद एक-दुई दिनभित्रै समाधान हुने प्रचण्डको विश्वास

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको विवाद एक-दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मंगलबार ५ दलीय गठबन्धनको समन्वय समितिको बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

उनले भने, ‘यो समस्याको छिटो भन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको छ । त्यसको निम्ति सबै पक्षले आ-आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशासमेत व्यक्त गरेका छौं । एक-दुई दिनभित्रै समस्या समाधान हुन्छ ।’

प्रधानन्यायाधीशको विषय अदालतभित्रैबाट सुल्झियोस् भनेर आफूहरूले वक्तव्य दिइसकेको हुनाले अहिले त्यो विषयमा बढी बोलिराख्नु नपर्ने उनले बताए ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्यचौकी र एक कोभिड अस्पतालको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न उनी बुधबार महोत्तरी पुगेका छन् ।
 
ती कार्यक्रमहरू गत शनिबार नै आयोजना गर्ने निर्धारण भए पनि प्रचण्ड बिरामी भएपछि स्थगित गरिएको थियो ।
 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १२:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया