सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घराज साेडारी पदमुक्त

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घराज सोडारी पदमुक्त भएका छन् । सोडारीलाई पदीय आचरण पूरा नगरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार पदमुक्त गरेको हो । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार सोडारीलाई हटाइएको निर्णय प्रदेश प्रमुख मोहनराज मल्ललाई जानकारी गराइसकिएको छ ।

मुख्यमन्त्री भट्टले सोडारीको कार्यशैली सन्तोषजनक नभएको, सामाजिक विकास मन्त्रालयमा फजुल खर्च भएको जनगुनासोलगायत कारणले पदमुक्त गरेको बुझिएको छ। यसअघि तिहारको समयमा मन्त्री सोडारीको गाडीले स्थानीयलाई ठक्कर दिएपछि उनी विवादमा तानिएका थिए । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १४:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया