अब राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपर्दैन : मन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तराष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री खड्काले अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका हुन् । 

विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै उनले देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनले बताए । नेपाल र अन्य धनिमानी भनिने देशलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताए ।

मन्त्री खड्काले देशलाई आर्थिक रुपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताए । आगामी दिनमा नेपाली नागरिकले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि उनले व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १७:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया