बुधबारदेखि बिजुलीमा नयाँ महसुल लागू, २० युनिटसम्म निःशुल्क

बुधबारबाट २० युनिटसम्म बिजुली प्रयोग गर्ने परिवारलाई बिजुलीको शुल्क नलाग्ने भएको छ । गत कात्तिक १० गते विद्युत् नियमन आयोगले गरेको निर्णय बुधबारबाट लागू हुने भएको हो । 

सो निर्णयअनुसार महिनाको २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले ३० रुपैयाँ इनर्जी शुल्क मात्रै तिरे पुग्नेछ । वर्तमान सरकारले अघिल्लो सरकारको बजेट प्रतिस्थापन गरेर ल्याएको नयाँ बजेटमा उल्लेख भएअनुसार आयोगले यस्तो निर्णय गरेको हो । सरकारको यो निर्णयबाट देशभरका १९ लाख ८६ हजार घरधुरी लाभान्वित हुनेछन् । 

यस्तै, कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सिंगल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिंगल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ ।

सिङ्गल फेजबाट मासिक एक सय ५१ देखि दुई सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताले अब इनर्जी शुल्क प्रति–युनिट साढे नौ रुपैयाँ तिरे पुग्नेछ भने महिनाको चार सय युनिटभन्दा माथि बिजुली खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रति–युनिट ११ रुपैयाँ मात्रै तिरे पुग्नेछ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार २०:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया