नेपाल मिडिया अवार्ड–२०७८ हुने

नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ । 

ड्रिम हाई नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो । 

मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालले बताएको छ । 

‘सेलिब्रेटिङ विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिने बताइएको छ । 

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिनेछ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार २०:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया