सिन्धुपाल्चोकमा अनिश्चित बन्यो कांग्रेस अधिवेशन
माेहन बस्नेत ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको सिन्धुपाल्चोकको अधिवेशन अनिश्चित बनेको छ । सिन्धुपाल्चोकका दुई वटा वडा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन बाँकी छ तर त्यहाँ अधिवेशन हुने वातावरण बन्न सकेको छैन । 

जिल्ला सभापति विकास लामाले बुधबार एक विज्ञप्ति निकाल्दै अधिवेशन गर्न असहज अवस्था भएको बताएका हुन् । 

उनले सिन्धुपाल्चोकका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नै असहयोग गरेको आरोप लगाएका छन् ।

अधिवेशन हुन नसकेका सिन्धुपाल्चोकका दुई वटा वडा र सामान्य विवाद भएका अरु दुई वडामा कार्तिक ३० गते अधिवेशन गर्न खोज्दा निर्वाचन समितिका अधिकारी नै अनुपस्थित भएको लामाले आरोप लगाएका छन् ।

बस्नेत र लामाबीचको खटपटका कारण पछिल्लो समय सिन्धुपाल्चोकको अधिवेशन के हुने भन्ने टुंगोमा पुग्न सकेको छैन ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ६:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया