चीनले अमेरिकामाथि जुनसुकै बेला आणविक हमला गर्न सक्छ : जाेन हाइटेन

अमेरिकाका वरिष्ठ सैन्य अधिकारी जाेन हाइटेनले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् । 

हाइटेनले अमेरिकी टिभी च्यानल सिबिएसँगकाे एक अन्तर्वार्ताका क्रममा यस्ताे चेतावनी दिएका हुन्।

अधिकारी जोन हाइटेनले भने, ‘केही महिनाअगाडि चीनको हाइपरसोनिक मिसाइल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाइल खसाल्यो, जुन पुनः चीनमै फर्कियो । उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’ 

चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए । 

‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ ? चीनले विकसित  गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ’, उनले थपे ।

ताइबानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो ।



अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार विकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ । अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन् । 



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ९:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया