'प्लस साइज मोडल' प्रतियोगिताको चौथो संस्करण घोषणा

मोटी युवतीलाई लक्षित गरी आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल संघ नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिएको हो ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती तथा महिलाले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपन देखिएको हुनुपर्ने प्रावधान आयोजकले राखेका छन् ।

आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनका कारण हीनताबोध भएका युवतीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

यही मंसिर २५ गते मोडल संघ नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइनेछ । छानिएका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।

आयोजक संस्था सरोज ओझाले प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एकमहिने प्रशिक्षणका क्रममा र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विविध विषयमा दक्ष व्यक्तित्वले प्रशिक्षण दिइने बताए ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउनेछन् । उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया