जगदम्बा सिमेन्ट उद्योगसहित पाँच कम्पनीलाई गुणस्तर विभागको कारबाही

सरकारले तीनवटा सिमेन्ट उद्योगसहित पाँचवटा कम्पनीलाई कारबाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गरेको भन्दै पाँचवटा कम्पनीहरूलाई कारबाही गरेको हो ।

बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना विभागको प्रयोगशाला परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा नेपाल गुणस्तर बमोजिम नपाइएको भन्दै विभागले नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पाँच कम्पनीलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रूपन्देही, जानकी केवल प्रालि धनुषा र ग्यास वान नेपाल प्रालि बारा रहेका छन् ।

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्री/वितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो । त्यस्तै, कैफियत देखिएका अन्य कम्पनीहरूलाई पनि १५ दिनभित्र स्पष्टीकरण पेस गर्न विभागले निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १५:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया