बारले भन्यो– सर्वोच्चलाई युद्धमैदानजस्तो बनाइयो
फाइल तस्वीर ।

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको आरोप लगाएको छ । सर्वोच्च तथा न्याय क्षेत्रलाई युद्धमैदानजस्तो बनाइएको आरोप लगाउँदै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको हो ।

बिहीबार विहान सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहित प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको आरोप लगाएको हो ।

बिहीबार बिहानको घटनापछि आकस्मिक पत्रकार सम्मेलन गर्दै बारले यस्तो बताएको हो । 

नेपाल बार एशोसिएसनका अध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतमा प्रवेश रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर युद्धमैदान मैदान बनाउन खोजिएको आरोप लगाएका हुन् ।

‘आज हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्य गरियो, यसको हामी घोर भत्र्सना र निन्दा गछौँ,’ उनले भनेका छन् । 

आज बिहान अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी हुँदा केही कानुन व्यवसायी घाइते भएका छन् ।






  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १५:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया