सर्वोच्च अदालतको पूर्ण (फूल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । यो निर्णय भएसँगै अब अहिलेसम्म विद्रोह गरिरहेका न्यायाधीशहरु इजलासमा फर्किने भएका छन् ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको फुल कोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।
यसअघि न्यायधीशहरुले यही कारण देखाउँदै सर्वोच्चमा प्रधानन्यायाधीश जबराले मनोमानी गरेको आरोप लगाएका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीहरु सबै फुल कोर्ट बैठकमा सहभागी थिए ।
बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेपछि अब उनीहरुले आन्दोलनका कार्यक्रम स्थगन गर्ने भएका हुन् ।
बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाउने पनि उनीहरुले निर्णय गरेका छन् । त्यसपछि यो नियमावली राजपत्रमा सूचना प्रकाशित हुनेछ ।
अब उनीहरुले गोलाप्रथाबाट मुद्दा हेर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।