नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन शुक्रबार दिउँसो तीन बजेसम्मको अल्टिमेटम दिएको छ ।
आज आकस्मिक बैठकपछि बोलाइएको पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनले आफूहरुले प्रधानन्यायाधीश जबरालाई शुक्रबार तीन बजेसम्मका लागि अल्टिमेटम दिएको जनाएको हो ।
उनले तीन बजेसम्म राजीनामा नदिए बारले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने भएको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।