किसमिसलाई पानीमा भिजाएर खाए फाइदै फाइदा

किसमिस एक किसिमको ड्राइ फुड हो । अंगुरलाई सुकाएर किसमिस बनाइन्छ । अंगुरमा पाइने सबै गुण किसमिसमा पाइन्छ । साथै यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जाडो मौसममा किसमिस सेवन गर्नाले धेरै थरीका रोगबाट बच्न सकिन्छ ।

किसमिसमा पर्याप्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम र फाइबर पाइन्छ । धेरैजसो मानिस किसमिसलाई यसै खाने गरेका छन् । तर यसलाई रातभर पानीमा भिजाएर खाली पेटमा खाने गर्नाले दुई गुणा फाइदा पुग्छ । 

रक्तचाप सन्तुलित राख्न सहयोग

किसमिसलाई रातभर पानीमा भिजाएर खाने गर्नाले चक्तचाप सन्तुलनमा रहन्छ । किसमिसमा भएको पोटासियमले शरीरमा भएको नुनको मात्रालाई नियन्त्रण गर्छ र ब्लड प्रेसर सन्तुलन राख्न मद्दत गर्छ ।

पाचन प्रक्रियामा सहयोगी

किसमिसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । पाचन प्रक्रियालाई चुस्त बनाउन चारवटा किसमिसलाई रातभर पानीमा भिजाउने र बिहान खाली पेटमा किसमिस र पानी दुवै खाने । यसो गर्नाले छिटै नै पाचन प्रक्रियासम्बन्धी समस्या निर्मूल भएर जान्छ ।



रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

किसमिसमा सबै पौष्टिक तŒव पाइन्छ । जसले शरीरमा रोग लाग्न दिँदैन । जाडो मौसममा दिनहुँ किसमिक सेवन गर्नाले किटाणुको कारण हुने इन्फेक्सनबाट बच्न सकिन्छ ।



तौल कम गर्न

किसमिकसमा प्राकृतिक मिठास हुन्छ । यसले क्यालोरी बढाउँदैन । ब्लड तथा सुगर लेभल पनि नियन्त्रणमा राख्छ । र शरीरको तौल कम गर्न सहयोगी साबित हुन्छ । 

रगतको मात्रा सन्तुलन राख्छ

शरीरमा रक्तकोष निर्माणमा आइरनको भूमिका महŒवपूर्ण हुन्छ । किसमिसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । दैनिक रूपमा किसमिस सेवन गर्नाले शरीरमा रक्तअल्पता हुँदैन । 

यसका अलावा किसमिसको अन्य धेरै फाइदा छन् । मात्रा मिलाएर किसमिस सेवन गर्नाल मिर्गाैलासम्बन्धी समस्या कम गर्न सकिन्छ । त्यसैगरी, मुटुका रोगीका लागि पनि किसमिस लाभकारी मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए र बिटा क्यारोटिन पाइने हुनाले आँखासम्बन्धी समस्या पनि कम हुन्छ । राथै आँखाको शक्ति बढाउन किसमिस फाइदाजनक छ ।

खाना खाएसकेपछि दुई दाना भिजाएको किसमिस खाने बानीले मुख र सासको दुर्गन्ध हटाउन सकिन्छ ।
 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार ९:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया