नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मन्त्री लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवाले बिहीबार साँझ सहायक विदेशमन्त्री लुसँग भेटवार्ता भएको सामाजिक सञ्चाल ट्विटरमा उल्लेख गरेका छन् । उनले मन्त्री लुलाई भेट्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले आफूहरूबीच नेपाल र अमेरिका बीचको मित्रता, सहयोग र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।
'आज साँझ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग भेटघाट गर्न पाउँदा खुसी लाग्यो । हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान गरेका छौँ,' प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन् ।
भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीको सहभागिता थियो ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बुधबार साँझ काठमाडौं आएका थिए ।
It was a pleasure to receive US Assistant Secretary of State @State_SCA Amb Donald Lu this evening. We exchanged views on matters relating to longstanding Nepal-US friendship, cooperation and various aspects of multidimentional bilateral relations. pic.twitter.com/OcRYsJs6GJ
— Sher Bahadur Deuba (@SherBDeuba) November 18, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।