अब प्रत्येक नागरिकको हातबाट डिजिटल भुक्तानी : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन् । 

बिहीबार नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको औपचारिक थालनी गर्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताएका हुन् । अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआरलगायत विद्युतीय भुक्तानीका माध्यमबीच अन्तर–आबद्धता कायम हुने गभर्नर अधिकारीले बताए । 

उनले भने, ‘पहिलो चरणबाट नेपालभित्र हुने डिजिटल कारोबारको भुक्तानी गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउने काम पूरा गर्दछ,  नेसनल पेमेन्ट स्विच नेपाल क्लियरिङ हाउसअन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम गर्नेछ, पहिलो चरणमा कार्डबाहेकका रिटेल, दोस्रो चरणमा कार्डको लागि नेसनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइनेछ।’

नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यले नेसनल पेमेन्ट स्वीचको पहिलो चरण कार्यक्रमले नेपालमा डिजिटल भुक्तानी प्रणाली कारोबारलाई प्रविधि मैत्री बनाउन थप सहयोग पुग्ने बताए । 

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल क्लियरिङ हाउसले नेसनल पेमेन्ट स्विचको थालनी गर्नु धेरै राम्रो काम भएको बताए । 

एनसिएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग आज नै सम्झौता गरेको छ । सरकारको बजेट तथा मौद्रिक नीतिमा उल्लेख गरेअनुसार एनसिएचएललाई गत आर्थिक वर्षमा प्रारम्भिक स्वीकृति प्रदान गरिएको थियो । 



नेसनल पेमेन्ट स्विचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैक, ५ वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनीसँग सम्झौता भएको छ । अन्य बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकलाई समेत छिट्टै नेसनल पेमेन्ट स्विचमा आबद्ध गराउँदै लैजाने एनसिएचएलले बताएको छ ।



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २०:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया