नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता भएको हो ।
भेटमामा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र अमेरिकाको तर्फबाट राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।
भेटवार्तामा कोभिड–१९ महामारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लु बुधबार काठमाडौं आइपुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।