बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आगामी फागुनमा राष्ट्रिय सभामा २० सिट रिक्त हुँदै छन् ।
जुन प्रक्रियाबाट निर्वाचित सांसदको पद रिक्त हुने हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था अनुसार १० सिटका लागि चुनाव हुने भएको हो ।
राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरी आगामी फागुनमा रिक्त हुने १९ सिटका लागि निर्वाचनको मिति तोकिएको हो । ती मध्ये एक सिट राष्ट्रपतिबाट मनोनित हो ।
पहिलोपटक निर्वाचित हुने सांसदको गोलाप्रथाबाट २ वर्ष, ४ वर्ष र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । २०७४ मा भएको राष्ट्रिय सभाको पहिलो निर्वाचनपछि गोलाप्रथाबाट पदावधि कायम गरिएको थियो ।
राष्ट्रिय सभा अविछिन्न भएकाले यसका एक तिहाई सदस्यको पद हरेक २ वर्षमा सकिँदै जान्छ । अब निर्वाचित हुने सांसदको पदावधि भने ६ वर्षको हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।