कमसल भएपछि मारुती सिमेन्टको उत्पादनमा लगाइयो रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको उत्पादनमा रोक लगाएको छ । उत्पादित मारुती सिमेन्ट कमसल भएपछि यसको उत्पादनमा रोक लगाइएको हो ।

बजार अनुगमनका क्रममा उत्पादनमा गुणस्तर भएको भन्दै मारुतीसँगै युनाइटेड सिमेन्टको उत्पादनमा पनि रोक लगाइएको छ । यी सिमेन्टहरुको बिक्री वितरण पनि तत्काललाई रोक्न भनिएको छ ।

मारुती र युनाइटेड दुवै सिमेन्टको ओपिसी सिमेन्ट तत्काल उत्पादन नगर्न र बिक्री वितरण नगर्न विभागले रोक लगाएको हो । सिरहास्थित मारुती सिमेन्टको ओपिसी ४३ ग्रेडको संकलित नमूनामा बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै बिक्रीमा रोक लगाइएको गुणस्तर विभागले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा मारूती सिमेन्टको यस्तो मान ३१ र ३७ रहेको भेटिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ५:५८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया