आजदेखि ‘ए’ डिभिजन लिग, उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटो खेल्दै

‘ए’ डिभिजन सहिद स्मारक लिगदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटो युथ क्लब खेल्ने छन् । यी दुई टोलीबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

सातदोबाटो युथ क्लबले पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको हो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ‘ए’ डिभिजन लिग खेल्दै आएको छ ।  दुवै क्लबले पहिलो खेलको लागि आफू तयार रहेको बताएका छन् ।

फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्रप्रसाद मिश्रले यसपालि ‘ए’ डिभिजन लिगमा बच्ने र रेलिगेसन जोनबाट जोगिने लक्ष्य रहेको बताए ।

‘४० दिनको अभ्यास गरेका छौं । ‘ए’ डिभिजन लिगमा बच्ने  र रेलिगेसन जोनबाट जोगिने लक्ष्य छ । टोलीको योजना पहिले रेलिगेसनबाट जोगिने अनि बाँकी खेल हेरेर ६–७ पोसिजनसम्म रहन्छौं,’ उनले भने ।

सातदोबाटो क्लबका प्रशिक्षक मेघराज केसीले विपक्षी टिमलाई मैदानमा पहिलोपटक खेल्न लागेको टिम जस्तो महसुस हुन नदिने बताए ।

‘पहिलोपटक ‘ए’ डिभिजन खेल्दै छौँ । ज्ञान छैन, अनुभव छैन । तर, हामी खेलाडी, प्रशिक्षकलाई ज्ञान छ । हामीले अरू क्लबले जसरी लिगलाई हेर्दा गाह्रो हुन्छ भनेर क्लबसँग कुरा भएको छ,’ उनले भने, ‘चार महिनाको तयारी गर्‍यौँ । प्रि–सिजन राम्रोसँग प्रयोग गर्‍यौँ  । सानो क्लब होइन, नयाँ क्लब हो । पहिलो पटक खेलिरहेको भान हुने छैन ।’ 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ७:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया