राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगान जनतालाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन् ।
राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ । खाद्यान्न अभावकै कारण विकृति देखिएका छन् । मानिसहरूले आफ्ना सन्तान बेच्न थालेका छन् । केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन् ।
‘यतिबेला अफगानिस्तानका मानिसहरूको समस्याबाट भाग्ने समय होइन,’ लायोन्सले भनिन् ।
संकटको समयमा अफगानिस्तानलाई बिर्सनु गम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।