फिल्म च्यारिटी
चलचित्र हिमालकी रानीको च्यारिटी सो
उठेको रकम अनाथालयलाई

काठमाडाैं–  चलचित्र ‘हिमालकी रानी’को च्यारिटी सो सम्पन्न भएको छ । बालाजुस्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी सोमा दर्शकको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी सोपश्चात देशका प्रमुख सहर तथा विदेशमा प्रदर्शन हुनेछ । 

च्यारिटी सोमा राजनितिक दलका नेता, चलचित्रका कलाकार, विशिष्ट व्यक्तित्व एवं दर्शकको बाक्लो उपस्थिति थियो । करिब ५० जना अभिभावकविहिन बालबालिकालाई लामो समयदेखि आश्रय दिएर समाजसेवामा उल्लेख्य योगदान दिएबापत उक्त संस्थालाई रकम प्रदान गरिएको हो । 

संयुक्त एकता आवाज केन्द्रको ब्रान्ड एम्बेसडर तथा सल्लाहकारसमेत रहेकी नायिका शान्ता तामाङ सो चलचित्रमा प्रमुख भूमिकामा छिन् । चलचित्रमार्फत धादिङ, नुवाकोट तथा रसुवा जिल्लाका तामाङ तथा घले समुदायको वास्तविक संस्कार एवं परिवेशलाई चित्रण गरिएको छ । 

तामाङ समुदायको लोपोन्मुख संस्कार एवं संस्कृतिको संरक्षणका निमित्त निर्माण गरिएकोले चलचित्रलाई दर्शकले रुचाएको र खुलेर सवैले प्रशंसा गरेको नायिका शान्ताले बताइन् । 

लाप्साङकार्पो म्युजिक सेन्टरको तेस्रो प्रस्तुति रहेको चलचित्र हिमालकी रानीमा शान्ताका अलावा विजय लामा, प्रदीप फ्युवा, कान्छा लामा, मर्नेन तामाङ, कमल तामाङ, प्रकाश तामाङ, कुइसेङ रुम्बा, जयविर तामाङ, लक्ष्मी घिसिङ, जिबी घले, सोप्यत तामाङ, महेन्द्र तामाङ सिंहबहादुर तामाङलगायतको अभिनय रहेको छ । 

चलचित्रको लेखन तथा निर्देशन रोशन फ्युबा तामाङले गरेका छन् । कमल तामाङ, सुनानी तामाङ तथा प्रशंसा फ्युबा निर्माता रहेको चलचित्रको छायांकन प्रकाश तामाङ तथा रोशन फ्युबाले गरेका छन् । 



लामो समयदेखि मनोरन्जन क्षेत्रमा क्रियाशील नायिका एवं समाजसेवी शान्ता महिला अधिकार तथा समानताका निमित्त लागि पर्दै आइरेहेकी छिन् । क्रिष्टल सब रेमिट , क्रिष्टल ट्राभल्स ,ललित मनी ट्रान्सफर तथा एसके इन्टरटेनमेन्टको सञ्चालक समेत रहेकी नायिका पेसाले एक सफल महिला ब्यवसायी समेत हुन् । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १४:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया