अमेरिकन चेम्बर अफ कमर्स नेपालको प्रारम्भिक समूहको घोषणा गरिएको छ ।
यही शुक्रबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालकै पहिलो अमेरिकन चेम्बर अफ कमर्सको सुरुआती घोषणाका लागि पहल गरेका हुन् ।
उनीहरूले त्यसका लागि नेपालमा अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गरेका थिए । विश्वभरका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुन् । टोलीले नेपालको प्रारम्भिक समूहका लागि १३ नाम पनि चयन गरेको छ ।
संस्थापक सदस्यहरूमा अजित शाह (लोटस होल्डिङ्स), निर्मल श्रेष्ठ (मेटलाइफ)। अतुल्य रिसाल (कम्प्लाएन्स क्वेस्ट), कैलाश बियानन्द (लिपफ्रग टेक्नोलोजी), आकाश गोल्छा (फोर्ड वितरक), राज शाह (बडवाइजर वितरक), जयदिन श्रेष्ठ (हायात), मङ्गेश श्रेष्ठ (फ्रस्ट एन्ड सुलिभान), ओस्कर बतास (क्याटरपिल्लर वितरक), असीम सिंह (पठाओ राइड शेयरिङ), सञ्जय गोल्छा (डेल वितरक), साकार पुडासैनी (कारखाना) र सेमन्त दाहाल (कानुनी सल्लाहकार) रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।