पहिलो पटक घरजग्गा मूल्य सूचकांक प्रतिवेदन सार्वजनिक, कुन प्रदेशमा कतिले बढ्यो ​?

नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सूचकांक प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरेको हो ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

कुन प्रदेशमा कतिले बढ्यो घरजग्गाको मूल्य ?

राष्ट्र बैंकले गरेको अध्ययनअनुसार अधिकांश प्रदेशमा घरजग्गाको मूल्यमा वृद्धि भएको छ । त्यसमा सबैभन्दा बढी बागमती प्रदेशमा बढेको देखिन्छ ।

प्रदेशस्तरमा जग्गा तथा घरजग्गाको कुल कारोबारको आधारमा सबैभन्दा धेरै भारांक बागमती प्रदेशको २९.२२ प्रतिशत रहेको छ । सबैभन्दा कम भारांक कर्णाली प्रदेशको ३.६३ प्रतिशत रहेको छ ।



त्यस्तैगरी, प्रदेश नं. १ को २७.१३ प्रतिशत, लुम्बिनी प्रदेशको १७.४२ प्रतिशत, प्रदेश नं. २ को १२.४ प्रतिशत, गण्डकी प्रदेशको ६.८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.७५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले जग्गा र घरजग्गाको मूल्यमा पनि छुट्टाछुट्टै अध्ययन गरेर के–कतिले बढ्यो भन्नेबारे प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा सबै प्रदेशका घर–जग्गा र जग्गाको भारांक निर्धारण गरिएको छ ।



प्रदेशगत घरजग्गा र जग्गा भार प्रदेश १ को घरजग्गामा ९.४० प्रतिशत र जग्गामा ९०.६० प्रतिशत, प्रदेश २ को घरजग्गामा २४.७५ प्रतिशत र जग्गामा ७५.२५ प्रतिशत, बागमती प्रदेश घरजग्गामा २३.८५ प्रतिशत र जग्गामा ७६.१५ प्रतिशत, गण्डकी प्रदेशको घरजग्गा ३२.३१ प्रतिशत र जग्गामा ६७.६९ प्रतिशत, लुम्बिनी प्रदेशको घरजग्गामा ३७.७२ प्रतिशत र जग्गामा ६२.२८ प्रतिशत, कर्णाली प्रदेशको घरजग्गामा ३१.४० प्रतिशत र जग्गामा ६८.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको घरजग्गामा २४.५३ र जग्गा ७५.४५ ले मूल्य वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तैगरी, लुम्बिनी प्रदेशमा जग्गा र घरजग्गाको भारांक र सबैभन्दा कम छ । यसले गर्दा लुम्बिनी प्रदेशमा अरू प्रदेशको तुलनामा घर भएको जग्गाको बढी कारोवार हुने देखिएको छ ।

जिल्लागत आधारमा भारांकमा सबैभन्दा बढी दुईवटा जिल्लाहरूमा क्रमशः मोरङ, काठमाडौं भारांक १३.४९ प्रतिशत र १२.८५ प्रतिशत रहेको छ । साथै, सबैभन्दा कम भारांक हुने तीनवटा जिल्लाहरूमा क्रमशः कञ्चनपुर, सल्यान र सर्लाहीको भारांक ०.९१ प्रतिशत, ०.९७ प्रतिशत र २.४५ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १८:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया