संवादका लागि आह्वान भएको चार दिनपछि बारलाई प्रधानन्यायाधीशको पत्र

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवादका लागि आह्वान गरेको चार दिनपछि नेपाल बार एसोसिएसनलाई पत्र नै पठाएको छ ।

उपाध्यक्ष रक्षा बस्यालका अनुसार जबराबाट आएको पत्र प्राप्त भएकाले त्यसको जवाफ र आगामी आन्दोलनबारे बार छलफलमा जुटेको छ ।

बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन तेस्रोपटक दिएको समयसीमा भोलि सकिँदै छ । दुई दिनयता बारको आन्दोलन पनि तनावपूर्ण बन्दै गएको छ । कानुन व्यवसायीहरू र प्रहरीबीच घम्साघम्सी पर्दै आएको छ ।

सहकर्मी न्यायाधीशहरूले गोलाप्रथाबाट मुद्दाको पेशी व्यवस्थापन गर्ने निर्णय लिइसकेका छन् । यस्तो अवस्थामा जबराले वार्ताका लागि बारलाई पत्र पठाएका हुन् ।

२९ कात्तिकमा जबराले विज्ञप्ति जारी गरेर भनेका थिए, ‘वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनलाई सम्वादका लागि आह्वान गर्दछु ।’

जबराको आह्वानलाई बारले अस्वीकार गर्दै आएको छ । ‘हामी विचौलियाको नाइके र भ्रष्टाचारको नाइके प्रधानन्यायाधीश चोलेन्द्रसँग संवाद गर्दैनौँ । नयाँ प्रधानन्यायाधीशसँग गर्छौं’, मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले धर्ना कार्यक्रममा बताएका थिए ।



आन्दोलित भएका कानुन व्यवसायीहरू सर्वोच्चमा मुद्दाको पक्ष/विपक्षबाट बहस र पैरवी गर्न गएका छैनन् । १४ कात्तिकदेखि निरन्तर आन्दोलनमा छन् । जबरालाई सर्वोच्च प्रवेशमा बाधा पुर्‍याउँदै आएका छन् ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १८:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया