प्रधानन्यायाधीश जबराले टेरेनन् अल्टिमेटम, आन्दोलनलाई थप कडा बनाउने नेपाल बारको निर्णय
फाइल तस्वीर ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रमहरुलाई थप कडा बनाएर अगाडि बढाउने भएको छ।

शुक्रबार बसेको बारको बैठकले आन्दोलनलाई थप कडा बनाएर अगाडि बढाउने निर्णय गरेको हो । 

बारले अब प्रधानन्यायाधीश जबराको राजीनामालाई नै अल्टिमेटम बनाएको छ । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले दिएको जानकारीअनुसार आइतबार नेपालभरका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा नहर्ने सहमति भएको छ ।

नेपाल बार एशोसिएसनले यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई शुक्रबार दिउँसोसम्मको अल्टिमेटम दिएको थियो ।

तर, अल्टिमेटमलाई प्रधानन्यायाधीश जबराले कुनै वास्ता गरेनन् । उनले राजीनामा नदिएपछि बारले आन्दोलनका कार्यक्रमलाई थप अगाडि बढाउने निर्णय गरेको हो ।
 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार २२:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया