नेपाली कांग्रेस मोरङ क्षेत्र नं ५ (क) को सभापतिमा अचानु खा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा श्याम मण्डल र मालिक चन्द मण्डल सचिवमा जयनारायण मण्डल र सञ्जीव मण्डल सर्वसम्मत चयन भए ।
क्षेत्र नं ५ (ख) को सभापतिमा जीतु (जीतेन्द्र) उपसभापतिमा श्रीराम ठाकुर र अशोक साह सचिवमा मनोज साह र लक्ष्मी मण्डल सर्वसम्मत चयन भएका छन् ।
यी दुवै क्षेत्रमा सर्वसम्मत हुनेहरू कांग्रेसका अहिलेको संस्थापन पक्ष देउवा समूहका भएका हुन् ।
क्षेत्र नं ५ (क) प्रदेश क्षेत्रमा उपसभापति र सचिवमा सर्वसम्मत हुनेहरू यसअघि सभापति पदका लागि आकाङ्क्षी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।