कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब ५ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेटमध्ये पहिलो चौमासिकसम्म १ अर्ब ७६ करोड ४४ लाख ८२ हजार बजेट मात्र खर्च गरेकाे हाे । याे कूल बजेटको ४.८३ प्रतिशत मात्र हाे ।
चालू आर्थिक वर्षको पूँजीगतभन्दा चालूतर्फ बढी खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् ।
‘चालूतर्फको १४ अर्ब ८८ करोड १६ लाख १३ हजारमा एक अर्ब १२ करोड ३७ लाख एक हजार खर्च भएको छ । यो कुल खर्च भध्ये ७.५५ प्रतिशत खर्च हो । विकासतर्फको २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमा ६४ करोड सात लाख ८० हजार भएको छ । यो कुल बजेटको २.९६ प्रतिशत हुन आउँछ’, अधिकारी श्रेष्ठले भनिन् ।
सबैभन्दा धेरै मुख्य न्यायाधिवक्ताको कार्यालयले करिब १९ प्रतिशत खर्च गरेको छ भने बजेटको हिसाबले सामाजिक विकास मन्त्रालयले ५७ करोड ८२ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयको कुल बजेट ५ अर्ब ८३ करोड २१ लाख ३८ हजार र सबैभन्दा कम जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १.४२ प्रतिशत मात्रै खर्च गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।