कांग्रेस अधिवेशन : इलामकाे १ (क)मा मैया लिम्बु निर्वाचित, बनिन् जिल्लाकै एक्ली महिला सभापति

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ (क)को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । 

दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन् ।

लिम्बुले १२३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङn] १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरे ।  

उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन् । राईले १४४ र गुरुङले १२५ मत प्राप्त गरे । प्रतिस्पर्धी बासुदेव अधिकारीले ११० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।

सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले १४५ र लेप्चाले १३९ मत प्राप्त गरे । सचिवमा पराजित बनेका तारा न्यौपानेलेले ११० मत, राम घिमिरेले १०२ मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरिन् ।

सहसचिवमा सीता घिसिङ र मखन गुरुङ निर्वाचित भए । घिसिङले २४४ र गुरुङले १४७ मत पाएका छन् । प्रतिस्पर्धी कृष्णबहादुर राईले १२७ मत पाए । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १२:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया