आमिर खान र करिना कपूर स्टारर फिल्म लाल सिंह चड्ढाको रिलिज डेट सार्वजनिक भएको छ । आमिर खान प्रोडक्सनले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट घोषणा गरेको हो ।
लाल सिंह चड्ढा अब १४ अप्रिल २०२२ को रिलिज हुने भएको छ । पहिले यो फिल्म ११ फेब्रुअरीमा रिलिज हुने बताइएको थियो । अब यो फिल्म बक्स अफिसमा केजिएफ २ सँग भिड्ने भएको छ ।
१४ अप्रिलका दिन दुवै ठूला बजेटका फिल्म आपसमा भिड्ने भएका हुन् । एकातर्फ लाल सिंह चड्ढामा बलिउडका सुपरस्टार एक्टर आमिर खान र करिना कपूर देखिँदै छन् भने केजिएफमा यस देखिँदै छन् । यसको अघिल्लो भागले बक्स अफिसमा धूम मचाएको थियो । यस्तोमा केजिएफ २ लाई पनि दर्शकहरू निकै प्रतीक्षा गरिरहेका छन् ।
We are happy to share our new poster and our new release date :) #LaalSinghOnBaisakhi#AamirKhan #KareenaKapoorKhan #AdvaitChandan @atul_kulkarni @ipritamofficial @OfficialAMITABH #KiranRao @Viacom18Studios @chay_akkineni #MonaSingh #ManavVij #SatyajitPande #HemantiSarkar pic.twitter.com/VOz3RBjHZz
— Aamir Khan Productions (@AKPPL_Official) November 20, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।