अभिनेत्री नम्रताको ब्रेकअप

अभिनेत्री नम्रता श्रेष्ठको ब्रेकअप भएको छ । उनी पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग चार वर्षदेखि प्रेममा थिइन् ।

नम्रता र दावाको जोडीको चर्चा नेपाली फिल्मी क्षेत्रमा बारम्बार भइरहेको हुन्थ्यो । तर, पछिल्लो समय सम्बन्धमा असहज महसुस गरेपछि यी दुईले सल्लाहमा नै ब्रेकअप गरेको समाचार नेपाली मिडियामा आउन थालेको छ ।

यसअघि सामाजिक सन्जालहरुमा नम्रताले दावासँग तस्वीर बाक्लै राख्ने गरेकी थिइन् । तर, आजभोलि उनले यसरी तस्वीर राख्न छाडेकी छिन् । उनले तस्वीरहरु राख्न छाडेपछि यो सम्बन्धबारे प्रश्नहरु उठ्न थालेका थिए ।

त्यसअघि उनीहरुको विवाह हुनसक्ने सम्भावनासमेत रहेको बताइएको थियो । उनीहरुले छिट्टै विवाह गर्न सक्ने अनुमान गरिन थालिएको थियो ।

यसबारे यी दुईले औपचारिक रुपमा चाहिँ केही बताएका छैनन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ६:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया