प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको आदेशबमोजिम संविधानको मर्म र भावनाअनुरूप तथा नेपाली नागरिकको अधिकारको रक्षाको निम्ति प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।

पार्टीको प्रवास विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टी संगठनलाई महत्त्व दिई उच्च मनोबलका साथ संगठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे । 

पार्टीका बारेमा रहेका विभिन्न भ्रम चिर्दै आत्मविश्वासका साथ देशव्यापी अभियानमा लाग्नु नै अहिलेको मुख्य कार्यभार भएको चर्चा गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकको रूपमा रहेको ‘गाई’लाई पार्टीले छाड्न नसक्ने स्पष्ट पारे । 

पार्टी एकताको निमित्त सदैव ढोका खुला रहेको भन्दै लाखौं कार्यकर्ताको भावनाको सम्मान गर्दै नेता थापाले आफू र राप्रपा एकताको निमित्त सकारात्मक भएको विचारसमेत व्यक्त गरे ।

योजनाबद्ध रूपमा जनताको घरदैलोमा पुग्ने कुरा अबको प्राथमिकतामा राख्ने भन्दै थापाले कार्यक्रमको निरन्तरतालाई प्राथमिकतामा राखिने समेत उल्लेख गरे । सो अवसरमा पार्टीका महामन्त्री भास्कर भद्रा, राजाराम बर्तौला, प्रवासी नेताहरू प्रेम श्रेष्ठ, योगेन्द्र कुँवर तथा शशी सिलवाललगायतले धारणा राखेका थिए ।

आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकारको रक्षाको निम्ति राप्रपा प्रवास विभागले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने विभागका प्रमुख विजय खड्काले जानकारी दिए ।
 





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार ९:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया