चीनले अफगानिस्तानलाई फेरि पठायो एक हजार टन सामग्री

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ । चीनले पठाएको एक हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल चीनको उत्तर-पश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ । सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ ।

चीनले पठाएका सामग्रीमा नान, पाउडर दूध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन् । सन् २०२१ देखि चीन-अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयातनिर्यात भएको बताएका थिए ।

१५ अगस्टमा तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ । चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने वचन दिएको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १५:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया