विज्ञापन नरोकेपछि अमिताभले पान मसला कम्पनीलाई पठाए लिगल नोटिस

बलिउड अभिनेता अमिताभ बच्चनले एक पान मसला कम्पनीलाई लिगल नोटिस पठाएका छन् । उनले लिगल नोटिस पठाएर पान मसलाको विज्ञापन रोक्न माग गरेका हुन् ।

उनी कही वर्ष पहिलादेखि नै उक्त कम्पनीको विज्ञापनमा देखिएका थिए, यद्यपि उनले आफ्नो पछिल्लो जन्मदिनमा यस कम्पनीसँग सम्झौता तोडेका थिए । अमिताभले उक्त कम्पनीसँगको सम्झौता तोडिसकेपछि पनि कम्पनीले उनले अभिनय गरेको विज्ञापन प्रसारण जारी राखेको थियो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभले कमला पसन्द कम्पनीलाई आफ्नो टेलिभिजन विज्ञापनको प्रसारण रोक्न लिगल नोटिस पठाएका हुन् । पान मसलाको विज्ञापनका कारण अमिताभ केही समयदेखि ट्रोल बनेका थिए ।

जसका कारण ११ अक्टोबरमा ७९ औँ जन्मदिनका अवसरमा उनले पान मसलासँगको सम्झौता तोडेका थिए । उनले सम्झौता रद्द गरेपछि उनले कम्पनीलाई उसको रकम पनि फिर्ता गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १५:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया