एमाले महाधिवेशनका लागि ९५ प्रतिशत प्रतिनिधि चयन

नेकपा (एमाले)को महाधिवेशनका लागि ९५ प्रतिशत प्रतिनिधि चयन भएका छन् । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदेन र मनोनीत गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको छ । 

एमालेले कात्तिक २६ गते एकैसाथ प्रतिनिधि चयन गरेको थियो । कात्तिक ३० गतेभित्र पार्टी कार्यालयमा विवरण  बुझाइसक्न निर्देशन गरिए पनि ९५ प्रतिशतको मात्रै विवरण कार्यालयमा आइपुगेको उनले बताए । तामाङका अनुसार अब ५ प्रतिशत प्रतिनिधि मनोनयन हुन बाँकी छ । 

पदेन र निर्वाचितसहित १९०३ को विवरण प्राप्त भइसकेको र ५ प्रतिशत मनोनयन हुँदा १९९९ भन्दा केही थपघट हुन सक्ने तामाङले बताए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १७:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया