सैफको फिल्म हेरेपछि तरबार लिएर लखेटे उनकै छोराले

बलिउड फिल्म बन्टी और बबली २ का लागि अहिले निकै प्रमोसनमा खटिएका छन्, सैफ अली खान । यो फिल्ममा उनले रानी मुखर्जीसँग मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको प्रमोसनमा लागेका सैफले केही नयाँ कुराहरु पनि खुलासा गरेका छन् । कतिसम्म भने फिल्म हेरेर उनका छोरा तैमुरको प्रतिक्रियाबारे पनि उनले कुरा गरेका छन् ।

सैफका अनुसार उनका छोरा तैमुरले यो फिल्मको ट्रेलर हेरेपछि आफ्नै बाबुको नक्कल गर्ने प्रयास पनि गरेका छन् ।

सैफले भनेका छन्, ‘उसले त मलाई यो फिल्मको राम्रो कुरा के हो, यसमा तपाईंले मानिसहरुलाई ठग्नु भएको छ हो भनेर सोधिरहेको हुन्छ ।’

फिल्ममा राम्रो काम नगरेकाले सैफले आफ्नो छोराले तरबार लिएर लखेटेको समेत बताएका छन् । अनि फिल्म भनेको सबै ड्रामा हो भनेर आफूले सम्झाउने गरेको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २२:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया