खराब आचरणका प्रहरीलाई कारबाही गर्छुः प्रहरी महानिरीक्षक

साँखु- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारबाही गरिने बताएका छन् । 

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा अस्थायी प्रहरी बिट उद्घाटनमा पुगेका खनालले भने, ‘समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।’ 

खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताए । गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिट उद्घान गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १३:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया