माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएकाे बताए ।

उनले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’

एमाले प्रतिक्रान्तिकारी भएको प्रचण्डले बताए ।

चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे । त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको उनले बताए । 

‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्‍याउने काम जनताले गरेका छन्’, उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’ 



अहिले राष्ट्रपति र प्रधानमन्त्री जाेसुकै भए पनि देश माओवादीकाे वरपरै नै रहेकाे उनकाे दाबी छ ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ९:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया